प्रहरी हिरासतमा रहेका बेचन झा बिरामी, बयान दिन अस्विकार


काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका बेचन झा बिरामी परेका छन् ।

झालाई १४ असारमा भारतबाट पक्राउ गरि नेपाल ल्याइएको थियो ।

झा माथि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान जारी राखेको हो ।

उनी हिरासतमा बिरामी छन् । आफु अस्वस्थ्य रहेको बताएका झाले सरकारी वकिलको कार्यालयमा बयान दिन समेत अस्विकार गरेका छन् ।

झा नक्कली भुटानी प्रकरणमा सर्वाधिक खोजिएका पात्र थिए ।

एक उच्च प्रहरी अधिकृतले भने,‘उहाँ बोल्न पनि निकै गारो भएजस्तो गरिरहनु भएको छ । हिडडुल गर्न पनि असहजता भएजस्तो देखिन्छ ।’

झामाथि अनुसन्धान गर्न प्रहरीले दुईपटक म्याद लिइसकेको छ ।

बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं लगिएपनि उनले बयान दिएका छैनन् ।

झाविरुद्ध प्रहरीले किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराध गरी तीनवटा मुद्दामा अनुसन्धान अगाडी बढाएको छ ।

२०७९ चैतदेखि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सांसद टोपबहादुर रायमाझीदेखि बहालवाला सचिव टेकनारायण पाण्डे लगायत पक्राउ परेका थिए ।

झाको कनेक्सन अन्य राजनीतिज्ञसम्म भएको बताइन्छ । माओवादी र रास्वपाका सासंदले भने बेचन पक्राउ परेपछि नै नयाँ राजनीतिक समिकरण बनेको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया