वायुसेवा निगमका दुई क्याप्टेनको शैक्षिक प्रमाणपत्रमाथि शंका, अख्तियारले छानबिन गर्दै


काठमाडौं- अख्तियार दुरुपयोग आयोगले नेपाल वायुसेवा निगमका दुई  विमान चालकहरू (क्याप्टेन)काे शैक्षिक योग्यताका प्रमाणपत्रमा कैफियत देखिएकाे शंका गरेकाे छ ।  क्याप्टेन नगेन्द्र भट्टराई र निपेन्द्र भट्टराईको प्रमाणपत्र तहको शैक्षिक योग्यताका प्रमाणपत्रमाथि प्रश्न उठेको भन्दै अख्तियारले छानबिन सुरू गरेकाे हाे ।

आयोगले पटक–पटक नेपाल वायुसेवा निगमलाई दुवैकाे शैक्षिक प्रमाणपत्र उपलब्ध गराउन आग्रह गरिसकेकाे छ । तर, निगमले  कार्यालयको अभिलेखमा नभएको भनेर पत्र लेखेकाले गरेकोले अख्तियारले शंका गर्ने बाटाे खुलेकाे हाे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सन् २००१ जनवरी देखि विमान चालकको शैक्षिक योग्यता प्रमाणपत्र तह विज्ञान वा सो सरहको हुनुपर्ने उल्लेख गरेकाे छ । तर,  नगेन्द्र भट्टराई र निपेन्द्र भट्टराईले सो प्रमाणपत्र पेस गर्न नसकेपछि अख्तियारले छानबिन थालेको हो ।

प्रतिक्रिया