‘मुकुल ढकालमाथि कारबाही गर्ने निर्णयमा मैले हस्ताक्षर गरेकी छु’


काठमाडाैं-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य निशा डाँगीले महामन्त्री मुकुल ढकालमाथि कारबाही गर्ने निर्णयमा आफूले हस्ताक्षर गरेको बताएकी छन् ।

बिहीबार एक सूचना जारी गर्दै उनले ५२ केन्द्रीय सदस्यमध्ये आफू मात्र कारबाहीको विपक्षमा उभिएको भनी केही सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्दै यस्तो बताएकी हुन् । ‘सञ्चारमाध्यममा ‘रास्वपा बैठकमा ५२ जनामध्ये निशा डाँगी मात्र मुकुलमाथि कारबाहीको विपक्षमा’ भन्ने शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । महामन्त्रीमाथि कारबाही गर्ने केन्द्रीय समितिको निर्णयमा नै मैले हस्ताक्षर गरेकी छु’’, उनले लेखेकी छन् ।

 

प्रतिक्रिया