खाल्डोमा लडेकी महिलालाई जिउँदै पुर्ने डोजर चालक बुढाथोकी पक्राउ


काठमाडौं – डोजरको ठक्करबाट घाइते महिलालाई जिउँदै पुरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

धादिङको त्रिपुरासुन्दरी-१, सल्यानटारमा डोजरको ठक्करबाट १७ फागुनमा घाँस बोकेर घरतिर फर्किँदै गरेकी ४५ वर्षीया सरस्वती कुमाल खाल्डोमा खसेकी थिइन् । तर, चालक बुढाथोकीले उद्दार गर्नु साटो खाल्डोमा वरिपरीको माटो ल्याएर पुरिदिएका थिए ।

उक्त घटनापछि फरार रहेका दाङ घर भएका डोजर चालक भीमबहादुर बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।

ब्युरोले यस विषयमा सार्वजनिक गर्न शुक्रबार दिउँसो बजे पत्रकार सम्मेलन गरेको थियाे । पक्राउ परेका व्यक्तिलाई धादिङ बुझाएर ज्यान सम्बन्धी कसूरमा विस्तृत अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

घटनापछि स्थानीयवासीले डोजरमा ढुंगामुढा र आगजनी गरेका थिए ।

प्रतिक्रिया