यी हुन् प्रतिनिधिसभा बैठकमा सहभागी नहुने ११ सांसद


काठमाडौं – पून: स्थापनापछि चौंथो पटक शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा उपस्थित नहुने सांसदहरुको नाम सार्वजनिक गरेका छन् ।

शुक्रबार सभामुख सापकोटाले प्रतिनिधिसभाको ११ भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको नाम पढेर सुनाएका हुन् ।

जसअनुसार सबैभन्दा धेरै नेपाली कांग्रेसका सांसद नागेन्द्रकुमार २५ वटा बैठकमा अनुपस्थित भएका छन् । उनले संसदमा उपस्थित हुन नसक्नुको कारण अस्वस्थ भएको उल्लेख गरेका छन् । त्यस्तै नेपाली कांग्रेसकै सांसद सूर्यबहादुर केसी २१ बैठकमा अनुपस्थित थिए । अस्वस्थ भएर संसद बैठक आउन नसकेका उनको निधन भइसकेको छ ।

नेकपा एमालेकी सांसद नविना लामा १९ बैठकमा अनुपस्थित भएकी छन्, उनले उपचारका लागि भारत गएकाले अनुपस्थित भएको कारण पेश गरेकी छन् । १७ बैठकमा अनुपस्थित भएकी सांसद कलिला खातुनले इद मनाउन विदा लिएको उल्लेख गरेकी छन् ।

त्यस्तै नेकपा एमालेकी सांसद यसोदा सुवेदी गुरुङ र निर्जला राउत १४ बैठकमा अनुपस्थित भएका छन् । उनीहरु अस्वस्थ भएको कारण उल्लेख गरेका छन् । सांसद सुरेशचन्द्र दास १३ बैठक, गणेश सिंह ठगुन्ना महेन्द्रकुमारी लिम्बु, रुही नाज ११ बैठकमा अनुपस्थित भएका छन् ।

सांसद दासले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि जिल्ला गएको, ठगुन्नाले घरायसी काम, लिम्बुले विदेशमा औषधी उपचार, रुही नाजले रमजान पर्व मनाउन विदा लिएको उल्लेख गरेका छन् । सांसद केदार सिग्देल १० बैठकमा अनुपस्थित भएका छन् र उनले आफू घरायसी कामले आउन नसकेको बताएका छन् ।

प्रतिक्रिया