आज पनि प्रतिनिधिसभा संसद बस्दै, यस्ता छन् छलफलका एजेन्डा


काठमाडौं – प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्ने कार्यक्रम रहेको छ ।

दिउँसो १ बजे बैठक बोलाइएको बैठकमा आज पनि महत्वपूर्ण कुनै पनि एजेन्डामा छलफल नहुने संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यक्रमको सूचीअनुसारमा उल्लेख छ ।

वैठकले बिहीबार निधन भएका राष्ट्रिय सभा एवं संविधान सभाका पूर्व सदस्य एवं कांग्रेस नेता अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव र अनुपस्थितिको सूचना प्रस्तुत हुने कार्यक्रममात्रै रहेको छ ।

त्यस्तै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६१औं वार्षिक प्रतिवेदनन—२०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक प्रतिवेदन—२०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय गरिएको संसद सचिवालयले जनाएको छ ।

यसअघिका बैठकहरुमा शोकप्रस्ताव पारित गर्नेबाहेक अन्य महत्वपूर्ण एजेन्डामा संसद प्रवेश गरेको थिएन ।

प्रतिक्रिया