यस्तो छ आगामी तीन दिनको माैसम, पहाडीभेगमा हावाहुरीसहित चट्याङको सम्भावना

काठमाडौं – मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हावाहुरी र वर्षाको सम्भावना रहेको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज अपराह्नपछि देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
शनिबार र आइतबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
यस्तो छ तीन दिनको पूर्वानुमान
चैत्र ०६ गते (शुक्रबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागको थोरै स्थानमा अपरान्हपछि मेघगर्जन/चट्टयाङ/हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
चैत्र ०७ गते (शनिबार)

चैत्र ०८ गते (आईतबार)
दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ । पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।