खुल्यो सिंगटी हाइड्रोको आईपीओ, कति जनालाई पर्छ त सिंगटीको शेयर ?


काठमाडौं– सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ खुलेको छ । आजदेखि सर्वसाधारणका लागि खुलेको आईपीको २९ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो।

त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। बाँकि रहने २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुले आवेदन दिन सकिनेछन्।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पुर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिनेछ।

सो शेयर खरिदका लागि चैत १० गतेसम्ममा आवेदन दिनुपर्नेछ। त्यस अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा चैत २० गतेसम्म म्याद थप हुनेछ।

पछिल्ला दिनमा आईपीओ भर्नेको संख्या १८ लाख सम्म पुगेकोले यसपटक पनि सोही संख्याले आईपीओ भरेमा करिब १६ लाख जना सिंगटीको शेयरमा रित्तो हात हुनेछन् । जम्मा २६ लाख ९७ हजार कित्ता मात्र निष्काशनमा रहेको उक्त शेयर २ लाख ६९ हजार ७ सयलाई पर्नेछ । त्यसैले अहिले लगानीकर्ताले १० कित्तामात्रै पनि आवेदन दिए हुन पुग्ने देखिन्छ ।

 

प्रतिक्रिया