काठमाडौंबाट भारत लगिँदै गरेको २ करोड ७१ लाख बराबरको भेपसहित पाँचजना पक्राउ


मकवानपुर- मकवानपुरमा अवैध रूपमा भारतर्फ लैजाँदै गरेको ५८ कार्टुन भेप (इलेक्ट्रिक चुरोट) सहित ५ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा–११ स्थित थानाभर्‍याङमा काठमाडौंबाट हेटौंडा हुँदै भारतको दिल्लीतर्फ जान लागेको ना.६ ख ७१६३ नम्बरको यात्रुवाहक बसबाट करिब २ करोड ७१ लाख २१ हजार ७८० रुपैयाँ मूल्य बराबरको अवैध भेपसहित उनीहरुलई नियन्त्रणमा लिइएको हो ।

अवैधरुपमा भन्सार छलेर भेप ओसारपसारमा सक्रिय दोलखा भीमश्वेर नगरपालिका–२ का ३७ वर्षीय सलाम मोक्तान, कटारी नगरपालिका–११, उदयपुरका २७ वर्षीय प्रविन्द्र राना, दुप्चेश्वर गाउँपालिका, नुवाकोटको ३९ वर्षीय इन्द्रबहादुर दर्जी र ३० वर्षीय सन्तोष भुषाल, धनकुटा बेलार नगरपालिका–१६ का २९ वर्षीय राजकुमार हिमाङ पक्राउ परेका  छन् ।

मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सीताराम रिजालका अनुसार प्रारम्भिक अनुसन्धानले चिनियाँ नाका भएर भेप नेपाल भित्रिएको देखिएकाे छ  ।

प्रतिक्रिया