भरतपुरमा श्री एयरलाइन्सले पहिलोपटक गर्‍यो ठूलो जहाजको परीक्षण उडान


काठमाडौं- श्री एयरलाइन्सले क्यू४०० ड्यास ८ विमानबाट भरतपुर विमानस्थलमा सफल परीक्षण उडान गरेको छ । श्री एयरलाइन्सले उपप्रधान एवं गृहमन्त्री रवि छामिछानेको उपस्थितिमा बिहीबार भरतपुरमा परीक्षण उडान गरेको हाे ।

श्रीले केही दिन अगाडि भरतपुरमा उडानका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणबाट अनुमति मागेको थियो । परीक्षण उडानपश्चात् नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति पाएपश्चात् नियमित उडानहरु सञ्चालन गरिने कम्पनीले जनाएको छ।

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकहरुको पहुँच अझ सहज र सुरक्षित गर्ने तथा पूर्व-पश्चिम राजमार्गको केन्द्रविन्दु र व्यापारिक क्षेत्रमा यात्रुहरुको अत्यधिक चापलाई सहज गर्न नियमित उडानको लागि परीक्षण उडान गरिएको श्री एयरलाइन्सले जनाएको छ।

भरतपुर विमानस्थलमा हवाइ सेवा विस्तार गर्न पर्यटन व्यवसायीहरु तथा विभिन्न क्षेत्रबाट विमान सेवा सञ्चालन गरिदिन अनुरोध भएको पनि कम्पनीले जनाएको छ।

 

 

प्रतिक्रिया