हावाहुरीका कारण वीरेन्द्रनगरमा बिजुलीका ८ पोल ढले


सुर्खेत- हावाहुरीका कारण ढलेको वीरेन्द्रनगरस्थित रेडियो नेपाल क्षेत्रमा बिजुलीका  पोल ढलेका छन् ।  बुधबार साँझ आएको हावाहुरीले रेडियो नेपाल गेटदेखि पश्चिमतर्फका ८ पोलमा क्षति पुगेको हो ।  तत्कालै त्यो क्षेत्रमा काम नगरेर बैकल्पिक स्थानबाट विद्युत सेवा सुचारु गर्न लागेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतले जानकारी दिएको छ ।

वीरेन्द्रनगर–बाँगेशीमल–बावियाचौर जोड्ने विद्युतको ३३ केभी प्रशारण लाइन एक वर्ष पहिले निर्माण गरिएको हो । हावाहुरीकै कारण आठ पोल ढलेपछि प्राधिकरणले रेडियो नेपालको दक्षिणतर्फ रहेको थापा टोलदेखि टेम्पोपार्कसम्म थ्रिफेज लाइन तानेर विद्युत सेवा शुरु गर्न लागेको छ ।

 

प्रतिक्रिया