कोशी प्रदेशको बजेट माथिको छलफल काँग्रेस र राप्रपाले गरे बहिष्कार


काठमाडौँ – नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेशको बजेट माथिको छलफल बहिष्कार गरेका छन् ।

बजेट विनियोजन अव्यवहारिक भएको गुनासो गर्दै दुई दलले बुधबारको बैठक बहिष्कार गरेका हुन् ।

बुधबारको बैठकमा आर्थिक विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । तर काँग्रेस र राप्रपा सांसदले बहिष्कार गरेपछि बिहीबार ११ बजेसम्मका लागि स्थगित भएको हो ।

बुधबारको बैठक सुरु भएलगत्तै काँग्रेस प्रमुख सचेतक गोपाल तामाङ, राप्रपा सांसद सविना बजगाईँले उठेर बजेट मुख्यमन्त्री र मन्त्रीको क्षेत्रमा मात्रै सीमित हुनु आपत्तिजनक रहेको बताएका थिए ।

दुई दलले बहिष्कार गरेपछि सभामुख अम्बरबहादुर विष्टले बैठक केही समयका लागि स्थगित गरेका थिए । तर प्रतिपक्षी दल सहभागी नहुने भएपछि प्रदेश सभा सचिवालयले सूचना टाँसेर बैठक स्थगित भएको जनाएको छ ।

प्रतिक्रिया