‘विद्यादेवी भण्डारीले एमालेको सदस्यता लिएपछि पूर्व राष्ट्रपतिको सेवा सुविधा लिन मिल्दैन’


काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएपछि राज्यबाट पाउने सेवा सुविधाबारे के हुन्छ भन्दै सरकारको जवाफको माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा खतिवडाले भने, – ‘पूर्वराष्ट्रपतिले पार्टीको सदस्यता नवीकरण गरेको समाचार सुन्नमा आयो । पार्टीको सदस्यता नवीकरण गरेको हो भने पूर्वराष्ट्रपतिका हैसियतमा सेवा सुविधा लिन मिल्दैन, राज्यले त्योबारे के सोचेको छ, संविधानमा के व्यवस्था छ सरकारले त्यसको जवाफ दिओस् ।’

केही दिनयता पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरेको चर्चा   चलिरहेको छ । तर,  भण्डारीको तर्फबाट अहिलेसम्म जानकारी दिइएको छैन ।

प्रतिक्रिया