टि–२० अलराउण्डरमा दिपेन्द्रको छलाङ, छैठौं वरियतामा पुगे


काठमाडौं – नेपालका स्टार अलराउण्डर दिपेन्द्र सिंह ऐरीले छलाङ मारेका छन् । आइसीसीले जारी गरेको टि–२० अलराउण्डरको नयाँ वरियतामा उनी छैठौं नम्बरमा अटाएका छन् । यसअघि उनको वरियता नवौं नम्बरमा थियो ।
जारी विश्वकपमा उनले बलिङमा राम्रो प्रर्दशन गरेका थिए ।
वरियताको शीर्ष १ मा अष्ट्रेलियाका मार्कस स्टोइनिस छन् । दिपेन्द्र भन्दा पछाडी भारतका हार्दिक पाण्डे,मोइन अली लगायतका खेलाडी छन् ।

प्रतिक्रिया