६० केजी सुन तस्करीः थप २ जना भारतबाट पक्राउ


काठमाडौं — ६० केजी सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी रहेको जनाइएको छ ।

उनीहरुलाई भारतमा पक्राउ गरेर नेपाल ल्याइएको जनाइएको छ । उनीहरुको न्युरोडमा सुन रिफाइन पसलका सञ्चालन भारतीय नागरिक अविजित तानाजिमुली सँग सम्बन्ध रहेको देखिएको छ ।

दोस्रो चरणको अनुसन्धानमा पक्राउ पर्नेको सङ्ख्या २० जना पुगेको छ ।

 

प्रतिक्रिया