संसद भित्रै प्रहरीका जवानले हाने आफैँलाई गोली


काठमाडौं – संघीय संसद् भवनभित्र नेपाल प्रहरीका एक जवानले हानेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार २२ वर्षीय प्रहरी जवान अजित गोलेले शौचालयभित्र गएर आफैँमाथि गोली चलाएका हुन् ।

संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका गोलेले आफैँमाथि गोली हानी आत्महत्या गरेको बताइएको छ ।

प्रहरीको कार्यदलबाट बानेश्वरस्थित संसद् भवनको सुरक्षार्थ खटिएका थिए । केही बेरअघि सो घटना भएको बताइएको छ ।

यस विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।

 

प्रतिक्रिया