फ्लोर क्रस गर्ने सांसद देवकोटालाई माओवादीले गर्‍यो कारबाही


काठमाडाैं- फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई माओवादी केन्द्रले कारबाही गरेको छ ।

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरेको संसद् सचिवालयमा जानकारी गराएका छन् । प्रदेश सभाको शुक्रबार बस्ने दोस्रो बैठकमा सभामुखले कारबाही गरेको जानकारी दिने तयारी छ । त्यसो भएमा सांसद देवकोटा पदमुक्त हुनेछन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिनुभन्दा एक दिन पहिले माओवादी गण्डकी संसदीय दलले मुख्यमन्त्री पाण्डेलाई विश्वास मत नदिन ह्विप जारी गरेको थियो। तर उक्त ह्विप सांसद देवकोटाले उल्लंघन गरेको माओवादीले जनाएकाे छ ।

प्रतिक्रिया