बाबुरामको पार्टीका सासंद देवकोटाको पद खारेज गर्ने माओवादी तयारी


काठमाडौं – गण्डकीका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणिन्द्र देवकोटालाई नेकपा (माओवादी केन्द्र)ले कारबाही गर्दै पदमुक्त गर्ने तयारी गरेको छ । प्रदेश सभाबाट आजै उनलाई पदमुक्त गरिएको पत्र वाचन गर्ने तयारी गरिएको छ ।

हँसिया हथौडा चुनाव चिह्नबाट निर्वाचित देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ‘फ्लोर क्रस’ गर्दै विश्वासको मत दिएका थिए । उनले ह्विप उल्लंघन गरेको माओवादीको आरोप छ । देवकोटा साझा चुनाव चिह्नबाट निर्वाचनमा सहभागी भएको र आफ्नो दल नेपाल समाजवादी पार्टी रहेकाले माओवादीले कारवाही गर्न नमिल्ने बताउँदै आएका छन् ।

नेपाल समाजवादी पार्टी डा बाबुराम भट्टराई नेतृत्वको पार्टी हो । तर देवकोटा माओवादीको निर्वाचन चिह्न प्रयोग गरेर निर्वाचन लडेका थिए । जेठ २८ गते मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदा माओवादी र एमालेले विपक्षमा मतदान गर्ने निर्णय गराएको भएपनि देवकोटाले पाण्डेलाई मत दिएका थिए ।

प्रतिक्रिया