बालिका बलात्कारको आरोपमा अहेव पक्राउ


पाल्पा- पाल्पाको तानसेन नगरपालिकाकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

रिब्दीकोट गाउँपालिका–५, कुसुमखोलाका ३५ वर्षीय बृहस्पति पचभैयालाई पक्राउ परेका हुन् । उनी तानसेन नगरपालिका–१४, अर्गलीस्थित स्थानीय स्वास्थ्य चौकीमा अहेव पदमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

पचभैयालाई गत शनिबार बालिकालाई बलात्कार गरेको पीडितको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उनीमाथि थप अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया