कुवेतमा कामदार बस्ने भवनमा आगलागी हुँदा ४१ जनाको मृत्यु


काठमाडौं- दक्षिण कुवेतको मङ्गाफ सहरमा कामदार बस्ने एक ६ तले भवनमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । आगलागीमा परी कयौँ घाइते भएका छन् ।

स्थानीय समयअनुसार बुधबार बिहान ६ बजे आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको घटनास्थल पुगेका कुवेतका उपप्रधानमन्त्री शेख फहाद युसुफ साउद अल–सबाहले बताएका छन्  ।

उक्त भवनमा नेपाली पनि रहेको भन्ने सूचना पाएकाे कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले बताएका छन् । तर, अहिलेसम्म घटनामा नेपाली परेको भन्ने कुनै जानकारी नआएको उनले बताएका छन् ।

 

 

प्रतिक्रिया