राप्रपाले गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने


काठमाडाैं- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विश्वासको मत दिने भएको छ ।

मुख्यमन्त्रीले गण्डकीको सदनमा विश्वासको मत मागेपछि सदनबाट दलका नेता पन्चराज गुरुङले मत दिने बताएका हुन् ।

६० सदस्यीय गण्डकीमा नेपाल कांग्रेसका २७, कम्युनिस्ट पार्टी एमालेका २२, माओवादी केन्द्रका ८ ( सभामुख सहित ), राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र स्वतन्त्र सांसद राजीव गुरुङ छन् ।

प्रतिक्रिया