भारतविरुद्ध १२० रन बनाउन नसक्दा पाकिस्तान पराजित,सुपर–८ मा पुग्न कठिन


काठमाडौं । आइसिसी ट्वान्टी–२० विश्वकपको खेलमा पाकिस्तानविरुद्धको रोमाञ्चक खेलमा भारतले जित निकालेको छ ।
नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै विकेट गुमाउँदै ११९ रन मात्रै बनाएको थियो ।
भारतका लागि रिसभ पन्तले सर्वाधिक ४२ र अक्षर पटेलले २० रन बनाए । अन्य ब्याट्सम्यानले सम्झनलायक प्रर्दशन गर्न सकेनन् ।
१२० रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै .११३ रन मात्रै बनाउन सक्यो । पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए ।
ल्गातार २ हारसंगै पाकिस्तान अब सुपर–८ मा पुग्ने सम्भावना कठीन भएको छ ।

प्रतिक्रिया