फर्मासिस्टको लाइसेन्स परीक्षामा ११ प्रतिशत मात्रै पास


काठमाडौं- नेपाल फार्मेसी परिषद्ले लिएको पछिल्लो नाम दर्ता (लाइसेन्स) परीक्षामा ११.७५ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् ।

परिषद्ले यही जेठ २६ गते लिएको बी फार्मेसीको २५औँ लाइसेन्स परीक्षामा ८८५ जना सहभागी थिए । तीमध्ये १०४ परीक्षार्थी उत्तीर्ण भएका हुन् ।

परिषद्का अनुसार, परीक्षाका निम्ति सबैभन्दा धेरै आवेदन भारतीय विश्वविद्यालयबाट (५८.४३) प्रतिशत परेको थियो । सबैभन्दा कम बंगलादेश र पाकिस्तानका विश्वविद्यालयबाट पढेर आएका विद्यार्थीको ०.३२ प्रतिशत परेको थियो ।

 

प्रतिक्रिया