थानकोट–चित्लाङ सडकखण्ड असार २० सम्म बन्द हुने


काठमाडौं – थानकोट–चित्लाङ सडकखण्ड असार २० सम्म बन्द हुने भएको छ । गणेशमान मार्गअन्तर्गत थानकोट–चित्लाङ सडकखण्ड आजदेखि आगामी असार २० गतेसम्म बन्द हुने भएको हो । प्रत्येक दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सो सडकखण्ड बन्द हुने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।

सडक निर्माण कम्पनीले सडकको ग्रेड डाउन गर्नका लागि सडकखण्ड बन्द हुने छ ।

प्रतिक्रिया