सरकारलाई दिएको समर्थन हतारमा फिर्ता लिदैँनौं : वर्षमान पुन


काठमाडौं – सरकारलाई दिएको समर्थन हतारमा फिर्ता नलिने (नेकपा) माओवादी पक्षले बताएको छ ।

माओवादी केन्द्रको संसदीय दलको बैठकपछि नेता वर्षमान पुनले सरकारलाई दिएको समर्थन हतारमा फिर्ता नलिने बताएका हुन्।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नैतिकताको आधारमा पदमा बस्न नमिल्ने भन्दै राजीनामाको माग समेत गरेको उनको भनाई छ।

उनले भने, ‘अहिले हामी हतारमा सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा छैनौँ। हामीले आज दलको पहिलो बैठकले प्रधानमन्त्रीलाई नैतिक रुपले राजीनामा दिनुस्। किनभने तपाईले प्रतिनिधि सभा विघटन गरेको सन्दर्भमा असंवैधानिक पुष्टि भइसकेपछि, निर्णय भइसकेपछि त्यसमा रहिराख्न मिल्दैन भन्ने कुरो नै आजको बैठकले अनुरोध गरेका छौँ। ध्यानाकर्षण गराएका छौँ । हतारमा अहिले हामी समर्थन फिर्ताको निर्णयमा छैनौं।’

संसदीय दलको बैठकले पार्टी छाडेका २ जना राष्ट्रिय सभा सदस्य र ४ जना प्रतिनिधि सभा सदस्यहरुलाई दलको तर्फबाट आफ्नो स्थिति स्पष्ट पार्न पत्राचार गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए।

प्रतिक्रिया