विश्व विजेता वेष्ट इष्टइन्डीजसँग भिड्दै पपुवा न्युगिनी


काठमाडौं -आईसीसी टी–२० क्रिकेट विश्वकप प्रतियोगितामा आज साँझ हुने खेलमा विश्व विजेता वेष्ट इष्टइन्डीजसँग भिड्दै पपुवा न्युगिनी भिड्ने भएका छन् ।

टि–२० क्रिकेटमा बलियो मानिदै आएको इष्टइन्डीजसँग एसोसिएट राष्ट्र पपुवा न्युगिनी भिड्न लागेको हो । खेल नेपाली समय अनुसार प्रोभिडेन्स मैदानमा राति ८ : १५ बजेबाट सुरु हुनेछ ।
रोभमन पावेलको कप्तानीमा रहेको वेष्ट इष्टइन्डीजको टोलीमा आन्द्रे रसेल,सिमरन हेडमायर,निकोलन पुरन लगायतका टि–२० का स्टार खेलाडी समावेश छन् ।

पपुवा न्युगिनी असद भालाको कप्तानीमा मैदान उत्रिनेछ । यसअघि आज बिहान भएको विश्वकपको पहिलो खेलमा अमेरिकाले क्यानडामाथि सहज जित निकालेको छ ।

प्रतिक्रिया