रूख ढलेर सिलिण्डर पड्किदा श्रीमानको मृत्यु,श्रीमती घाइते


काठमाडौं –  रूपन्देहीमा गएराति भएको आगलागीमा परि श्रीमानको मृत्यु भएको छ भने श्रमती घाइते भएकी छन् । मृत्यु हुनेमा देवदह नगरपालिका–१० चरङ्गे सिद्धार्थटोल बस्ने मिन बहादुर दमाई छन् । आगलागीमा उनकी श्रीमती घाइते भएकी छन् ।
उनलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन पूर्णरूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । हावाहुरीको कारणले रूख ढलेर घरभित्र रहेको ग्याँस सिलिण्डर पड्किएर आगलागी भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया