अध्ययन बिदामा गएका एक चिकित्सकले सम्झौता तोडे, ४७ लाख ६४ हजार जरिवाना


काठमाडौं– राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ३८ (२) अनुसार अध्ययन बिदामा जाने व्यवस्था छ । त्यसरी बिदामा जाँदा चिकित्सकले सम्झौताअनुसार काम नगरेमा अध्ययन गर्दा लाग्ने पूर्ण शुल्कको दोब्बर रकम जरिवाना असुल गर्नुपर्ने ऐनमा उल्लेख छ ।

तर, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक चिकित्सक पिरियोडन्टिस् विषयमा एमडी अध्ययन गर्न अध्ययन विदामा जाँदा सम्झौता अनुसार कार्य नगरेको पाइएको छ ।

उनले सम्झौतामा अनुसार १ वर्ष सुगम र १ वर्ष दुर्गममा सेवा नगरी राजीनामा पेस गरेको महालेखा परीक्षकको ६१औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । महालेखाले कबुलियतनामा अनुसार उनीबाट शुल्क रकमको दोब्बर ४७ लाख ६४ हजार असुल गर्न भनेको छ ।

प्रतिक्रिया