गृहमन्त्री लामिछानेमाथि छानबिनको माग गर्दै कांग्रेसको प्रदर्शन


काठमाडौं- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन हुनुपर्ने माग राख्दै सदन अवरोध गरिरहेको नेपाली कांग्रेस सडक संघर्षमा उत्रिएको छ ।

आज (आइतबार) दिउँसो २ बजे काठमाडौंस्थित प्रदर्शनी मार्गमा आयोजना गरिएको विरोध सभामा भातृ संगठनहरु नेपाल विद्यार्थी संघ, तरुण दल नेपाल, कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाबाट विरोध र्‍यालीसहित कांग्रेसका नेता कार्यकर्ता भृकुटीमण्डपमा जम्मा हुँदैछन् ।

गृहमन्त्री लामिछाने संलग्न देखिएको सहकारीमा संसदीय समिति बनाएर छानविन हुनुपर्ने र पाटपोर्टको विषय पनि छानविनको दायरामा आउनुपर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया