पत्रकार महासंघमा तालाबन्दी, ‘चोरबाटोबाट ल्याउन लागिएको सदस्यता लिष्टविरुद्ध हाम्रो आन्दोलन’ 


काठमाडौं – नेपाल पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरिएको छ ।

महासंघका केन्द्रीय समितिका सदस्यहरूले आसन्न महाधिवेशनको पूर्वसन्ध्यामा सदस्यताको विषयलाई लिएर नेपाल पत्रकार महासंघका अध्यक्ष, महासचिव, पदाधिकारीहरु र निर्वाचन समितिको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

विधान मिचेर केन्द्रीय समिति र संगठन समितिसँगै शुद्धीकरण समेत छलेर चोर बाटोबाट ल्याउन लागिएको सदस्यता लिस्टविरुद्ध लडाईँ सुरु भएको जनाउँदै पहिलो चरणमा उपयुक्त कार्यकक्षमा तालाबन्दी गरिएको जनाइएको छ ।

सक्रिय पत्रकारलाई नविकरण सुचीबाट हटाउने चोरबाटोको लिस्ट नस्वीकार्ने बताउँदै केन्द्रीय समिति भित्रैका सदस्यहरुले शुरु गरेको यो संघर्षलाई कमजोर नठान्न समेत चेतावनी दिइएको छ । उनीहरुले विधान बमोजिम नै सदस्यताको टुंगो लगाउन माग गरेका छन् ।

 

प्रतिक्रिया