सदमै डा स्वर्णिमले चिढ्याए कांग्रेसका संसद, ४ पटक भने- याे ‘लज्जास्पद’ विरोध [भिडियो]


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्ले आइतबार बसेको संसद् बैठकमा बोल्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदहरू झन् बढी आक्रोशित भएका छन् । सभामुख देवराज घिमिरेले स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रमका विषयमा बोल्न समय दिएपछि कांग्रेस सांसदहरुले झन् चर्को नाराबाजी गरेका थिए ।

उता डा. स्वर्णिमले उनीहरूलाई आफ्ना अभिव्यक्ति दिएका छन् । वाग्लेले भने ।  ‘बीपी कोइरालाले स्थापित गर्नुभएको मानकलाई यो अवस्थामा पुर्‍याउने यो लज्जास्पद, यो लज्जास्पद, यो लज्जास्पद,  यो लज्जास्पद यो औचित्यहीन विरोधप्रति मेरो घोर खेद छ । संसद्को ओज, गरिमा र उपादेयतालाई असान्दर्भिक बनाउने कदमप्रति खेद छ । ‘

त्यसपछि  रिसले चुर भएका कांग्रेस सांसदहरूले सांसद वाग्लेलाई तत्काल रोष्टमबाट तल झार्न इशारा गरेका थिए । कांग्रेस सांसद नारालाई झन् चर्को पारेपछि सभामुख घिमिरेले उनलाई विषयमा केन्द्रित हुन आग्रह गरेका थिए ।

वाग्लेले सहकारी प्रकरणको समाधानउन्मुख हुनुपर्नेसमेत बताए । उनले भने, ‘असहज वातावरणमा बोल्नु पर्ला जस्तो लागेको थिएन । मेरा राजनीतिक आदर्शलाई स्थापित गर्नुको साटो लज्जास्पद अवस्था भयो । संसदीय छानबिन समिति बनाउन हाम्रो कुनै असहमति छैन । तर व्यक्तिगत समिति बन्दैन । औचित्यहीन कर्मकाण्डको खेद प्रकट गर्छु ।’

प्रतिक्रिया