दुईवटा राहदानीका विषयमा गृहमन्त्री लामिछानेमाथि पनि छानबिन हुनुपर्छ : शेखर कोइराला


काठमाडौं-  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेका दुई वटा राहदानी र नागरिकताका विषयमा पनि छानबिन हुनुपर्ने माग गरेका छन् ।

नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा प्रेस युनियन कोशी प्रदेशले आज (बिहीबार) विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सहकारी ठगी प्रकरणमात्रै नभएर पासपोर्ट र नागरिकताका विषयमा पनि गृहमन्त्री लामिछानेमाथि छानबिनको माग गरेका छन् ।

कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्यप्रति कांग्रेसले सदन र सडक दुवैतर्फ दबाब बढाउने उद्घोष गरे ।

प्रतिक्रिया