

क्रसर उद्योगमा मजदुरकाे शव फेला, अर्का घाइते

धनुषा- धनुषामा क्रसर उद्योगमा एक मजदुरको मृत्यु भएको छ ।
गणेशमान चारनाथ नगरपालिका-६ मा रहेको कमला स्टोन क्रसरमा बुधबार दिउँसो मेसिन सफा गर्ने क्रममा फित्तामा बेरिएर स्थानीय २० वर्षीय अर्जुन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ढुंगा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा यादव मृत भेटिएका थिए । यस्तै बाराको निजगढ घर भएका ४५ वर्षीय खेमकुमार मगर घाइते भएका छन् ।
मगरको अवस्था सामान्य रहेको र गोदारस्थित निजी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।

