रमेश लेखक कांग्रेसको कार्यसम्पादन समिति सदस्यमा मनोनीत


काठमाडाैं- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा मनोनीत भएका छन् ।

सभापति शेरबहादुर देउवाले लेखकलाई विधानको धारा २३ (२) बमोजिम केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा मनोनीत गरेका हुन् ।

विधानअनुसार सभापतिले केन्द्रीय कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्त समेतलाई ध्यानमा राखेर कार्यसम्पादन समितिमा ३१ जना मनोनीत गर्न पाउने व्यवस्था छ।

प्रतिक्रिया