हमासले ५ इजरायली महिला सैनिकलाई बन्धक बनाएको भिडियो सार्वजनिक


काठमाडौं- हमासले गएको अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरेपछि बन्धक बनाइएका पाँच महिला सैनिकमाथि गरिएको ज्यादतीसम्बन्धी भिडियो बुधबार सार्वजनिक भएको छ ।

होस्टेज एण्ड मिसिङ फेमिलिज फोरमले सार्वजनिक गरेको सो भिडियोमा ती महिला सैनिकलाई बलात्कारको धम्की दिँदै गाजातर्फ लगिएको देखाइएको छ । गाजा स्ट्रिप बाहिर नाहल ओज बेसमा रहेका ती महिलाको हातमा हतकडी लगाइएको छ भने उनीहरूलाई भित्तातर्फ ठेलिएको देखिन्छ । उनीहरूले त्यतिबेला पाइजामा मात्रै लगाएको देखिन्छ ।

बन्दुक लिएको एक व्यक्तिले त्यतिबेला ती महिला सैनिकलाई उनीहरु सुन्दर भएको र गर्भवती हुन सक्ने बताइरहेको छ ।  हमासद्वारा बन्धक बनाइएका ती महिला सैनिकमा लिरी अल्बाग, करिना एरिभ, अगम बर्गर, डानिएला गिल्बोआ र नामा लेभी रहेको जनाइएको छ ।

 

प्रतिक्रिया