कुटपिट गरी फरार रहेका काभ्रेका मिलन र विजय पक्राउ


काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले  कुटपिट अंगभंग सम्बन्धी कसुर मुद्दाका फरार २ जनालाई पक्राउ गरेको छ ।

कार्यालयका अनुसार गत फागुन १७ गते काठमाडौंको कोटेश्वरस्थित केसीएल क्लब अगाडि राजन बरुवाललाई अंगभंग हुने गरी कुटपिट गरी घटना पश्चात् फरार रहेका दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका वडा नं. ४ का मिलन तामाङ र तेमाल गाउँपालिकाका विजय लामा रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप कारबाहीका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको पनि कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) रवीन्द्र रेग्मीले जनाए ।

प्रतिक्रिया