

नागढुंगाबाट खैरो हेराइनसहित एक युवक पक्राउ

काठमाडौं- खैरो हेरोइनसहित चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका–१२ का ३२ वर्षीय सचिन राना छन् । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले उनलाई शनिबार पक्राउ गरेको हो ।
महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको ना ५ ख ४०५६ नम्बरको यात्रुबाहक बसबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
उनीहरुविरुद्ध लागु औषध मुद्दाको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

