टीकापुरको १५ बिघा जग्गा व्यक्तिको नाममा ल्याउने नापी-मालपोतका हाकिमसहित ८ जनाविरुद्ध मुद्दा


काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मान बहादुर चन्दसमेत ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आइतबार उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

कैलालीको  साविक नारायणपुर–८ अन्तर्गतको कित्ता नम्बर ९०८ को क्षेत्रफल १५–०–० बिगाह जग्गा फिल्डबुकमा जंगल  कायम भएपनि कित्ताकाट गरी मालपोत कार्यालय, टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरेको पाइएकाले भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीकापुर मालपोतका  नासु अग्नीबहादुर शाही , नापीका  सर्भेक्षक दशरथ मण्डलसहित आफ्नो नाममा जग्गा धनीपूर्जा बनाउने विन्द्र रावल, कमलबहादुर रावल, सुशीबहादुर रावल र विमलबहादुर रावलउपर विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

उनीहरूबाट जनही २४ करोड ६ लाख ६९ हजार बिगो दाबी गरिएको छ ।

प्रतिक्रिया