पार्टी अलग हुने सम्भावना बढेपछि जसपाका सांसदद्वारा मोर्चाबन्दी


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का केही सांसदहरुले मोर्चाबन्दी गरेका छन्। आन्तरिक कलहका कारण पार्टी अलग हुने सम्भावना बढेपछि त्यसविरुद्ध जसपा केही सांसदहरुले मोर्चाबन्दी गरेका हुन्।

सत्ताको लोभमा पार्टी फुटाउने मधेसवादी दलको पुरानै प्रवृत्ति दोहोरिने सम्भावना देखेपछि उनीहरुले आइतबार पार्टीको संसदीय दलमा छलफल गरेका थिए।

पार्टी फुटाउने हल्ला आएपछि त्यसबारे छलफल गर्नका लागि बैठक डाकेको बैठकमा सहभागी सांसद एकवाल मियाँले बताए। अरु कुनै प्रायोजनको लागि नभई पार्टीमा आफूहरु जुटेको उनको दावी छ। बैठकमा एकतामा आँच आउने कुनैपनि निर्णय नहोस् भन्ने प्रस्ताव राखिएको पनि मियाँले बताए । यसको साथै जसपाको मागप्रति ऐक्यवद्धता रहने गरी काम गर्न बैठकले निचोड निकालेको उनको भनाइ छ।

बैठकमा सांसदहरु प्रमोद साह, दुलारी खत्वे, रानी मण्डल, अमृता अग्रहरी, निरमाया ढकाल, एकवाल मियाँ, रामबाबु यादव, उमाशंकर अरगरिया, रेणुका गुरुङ, प्रर्मिला यादव, राम साह यादव र डा। सुरेन्द्र यादव सहभागी थिए।

प्रतिक्रिया