शान्तिपूर्ण आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीको गोली, एकैदिन ५ प्रदर्शनकारी मारिए


म्यानमार – म्यानमारमा सेनाले गरेको कूको विरुद्धमा जारी आन्दोलनमा प्रहरीले गोली चलाउँदा पाँच प्रदर्शनकारीको मृत्यु भएको छ ।

प्रत्यक्षदर्शी र स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार आइतबार म्यानमारको प्रहरीले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि गोली चलाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले बताएको छ ।

आइतबार म्यानमारको व्यावसायिक राजधानी सहर यान्गोनमा तीनजना प्रदर्शनकारीको प्रहरीको गोली लागी मृत्यु भएको छ । त्यस्तै म्यानमारका अन्य स्थानमा दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।

शनिबारसम्मको तथ्यांकअनुसार म्यानमारमा सैन्य कूविरुद्धको प्रदर्शनको क्रममा ८० भन्दा धेरै प्रदर्शनकारीको मृत्यु भइसकेका छन् भने २१ सयभन्दा धेरै पक्राउ परिसकेका छन् । यसअघि शनिबार पनि म्यानमारमा सेनाविरुद्धको प्रदर्शनमा १३ जनाको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया