सुधार केन्द्र मृत्यु प्रकरणः शाहीको हत्या अभियोगमा १७ जना पक्राउ


काठमाडौं — कैलालीका सुनील शाहीको हत्या अभियोगमा १७ जना पक्राउ परेका छन् ।

जिल्लाको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनर्स्थापना केन्द्रमा शाहीको हत्या गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक (डिएसपी) कबिन्द्र बोहोराले जनाए ।

२५ वर्षीय शाहीको हत्या आरोपमा पुनर्स्थापना केन्द्रका सञ्चालक बलराम खत्री र रोशन ऐरसहित १७ जना पक्राउ परेका छन् ।

वैशाख २५ गते सुधार केन्द्रका सञ्चालक र आश्रितहरू मिलेर कुटपिट गरी शाहीको हत्या गरेको अनुसन्धानमा खुलेको छ ।

पक्राउ पर्नेमा बलराम खत्री, होम तामाङ, रोशन ऐर, विपुल सापकोटा, विनोद शाही, सुदर्शन अधिकारी, भूपेन्द्र खड्का, आकाश अधिकारी, नविन रावल, नमराज चौधरी, सञ्जिव मन्ने, सुमन भट्ट, गौरव आचार्य, कमल रिजाल र दुई जना नाबालक छन् ।

उनीहरु विरुद्ध ज्यानसम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया