बालुवाटारबाट बाहिरिँदै लेखकले भने- संसदीय समिति बनाउन प्रधानमन्त्री सकारात्मक


काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा उप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक भएको बताएको छ ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका नेताहरुबीचको बैठकमा प्रधानमन्त्री सहकारी प्रकरणको अनुसन्धानका लागि संसदीय समिति बनाउन सकारात्मक भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

लेखकले भने, ‘सहरकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा प्रधानमन्त्रीज्यूसँग कुराकानी भयो  । प्रधानमन्त्रीज्यूले सकारात्मक ढंगले लिनुभएको छ । सकारात्मक कुरा नै छ । हामीले हाम्रो कुरालाई यथावत राखेका छौं ।’

उनले कांग्रेसले सोमबार बस्ने संसदीय दलको बैठकबाट थप निर्णय गर्ने पनि बताए ।

प्रतिक्रिया