आज पनि बढ्यो सुनको मूल्य


काठमाडौं- आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य ५०० रुपैयाँले बढेर कारोबारमा आएको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ७५० रुपैयाँ छ । गत साताको शुक्रबार तोलामा १ लाख ३७ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार २५० रुपैयाँ थियो ।

सुनको मूल्य बढेपनि चाँदीको तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलामा १७ सय २५ रुपैयाँ छ । गत शुक्रबार यसको मूल्य तोलामा १७ सय ३५ रुपैयाँ थियो ।

प्रतिक्रिया