

तोलामा ८ सयले बढ्यो सुनको मुल्य

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा ८ सय रुपैयाँले बढेर १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

