

सेप्टिक ट्यांकीमा खसेका बालकको मृत्यु

कञ्चनपुर- सेप्टिक ट्यांकीमा खसेका कञ्चनपुरका एक बालकको मृत्यु भएको छ ।
कृष्णपुर नगरपालिका वडा नम्बर ३ चित्रपुरका करिब डेढ वर्षीय बालक लिवन रानाको मृत्यु भएको हो ।
उनी सोमबार मध्याह्न सेप्टिक ट्यांकीमा खसेर डुबेका थिए । अचेत अवस्थामा भेटिएका बालकलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएको थियो ।

