

इलाममा खुकुरी हानेर सौतेनी आमाको हत्या, सन्देश पक्राउ

इलाम- इलाममा गएराति एक महिलाको हत्या भएको छ । माई नगरपालिका–२ डिपुडाँडामा छोराले खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या गरेकाे प्रहरीले बताएको छ ।
मादक पदार्थ सेवन गरी २१ वर्षीय छोरा सन्देश दियालीले सौतेनी आमा ३१ वर्षीया नेत्र माया खवास दियालीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख वासुदेव खतिवडाले जानकारी दिए ।
घटनामा संलग्न छोरा सन्देशलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

