

एक किलाेभन्दा बढी सुन र नगदसहित ७ जना काठमाडौंबाट पक्राउ

काठमाडौं- ठूलो परिमाणको अवैध सुन र नगदसहित ७ जना काठमाडौंबाट पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ गरेकाहरूको साथबाट एक केजी ८ सय ग्राम सुन र एक करोड ४३ लाख रूपैयाँ नगद बरामद भएको छ ।
घटनाबारे प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ ।

