काठमाडौं फेरि बन्यो विश्वकै सबैभन्दा प्रदूषित शहर


काठमाडौं- काठमाडौं उपत्यका फेरि विश्वकै सबैभन्दा धेरै प्रदूषित शहर बनेको छ ।केही दिनअघि वर्षा हुँदा प्रदूषण दर घटेपनि काठमाडौं उपत्यकामा पुन: वायु प्रदूषणको दर उच्च तहमा पुगेको हो ।

वायु प्रदूषण मापनकेन्द्रका अनुसार अहिले काठमाडौंको प्रदूषणको दर १९४ मापन गरिएको छ । काठमाडौंमा मापन गरिएको पछिल्लो एअर इन्डेक्स मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ।

विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरको दोस्रो स्थानमा पाकिस्तानको लाहोर सहर छ । त्यहाँको प्रदूषण तह १८५ मापन गरिएको छ ।

तेस्रो स्थानमा रहेको भारतको राजधानी नयाँ दिल्लीमा प्रदूषणको तह १७५ छ । देशभर लागेको आगलागीका कारण नेपालको वायु प्रदूषित बनेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

 

प्रतिक्रिया