

माग र सत्ता समीकरणबारे छलफल गर्न जसपा नेताहरू बालुवाटारमा

काठमाडौं – आफ्ना माग र सत्ता समीकरणबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) का नेताहरू प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
सचिवालय बैठक सकेपछि सचिवालयका पाँच जना नेता आफ्ना माग र सत्ता समीकरणबारे छलफल गर्न प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार पुगेका हुन् ।
जसपाका पाँचै जना शीर्ष नेताहरूले वर्तमान राजनीतिक परिस्थिति र आफ्ना मागहरूबारे तीन वटै दल सत्तारुढ एमाले, समर्थक माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्ने निर्णय गरिसकेका छन् ।
सोही निर्णय बमोजिम बिहीबार साँझ जसपाबाट प्रधानमन्त्री ओलीलाई भेट्न नेताहरू पूर्वप्रधानमन्त्री तथा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरू राजेन्द्र महतो र अशोक राई बालुवाटार गएको केन्द्रीय कार्यकारीणि समिति सदस्य केशव झाले बताए ।

