अब इसाई धर्मावलम्बीले पनि ‘अल्लाह’ शब्द प्रयोग गर्न पाउने


मलेशिया – इसाई धर्मावलम्बीले पनि ‘अल्लाह’ शब्द प्रयोग गर्न पाउने भएका छन् । ईश्वरलाई सम्बोधन गरिने ‘अल्लाह’ शब्द इसाई धर्मावलम्बीले प्रयोग गर्न नपाउने एउटा नियमलाई मलेशियाको उच्च अदालतले उल्टाइदिए पछि इसाई धर्मावलम्बीले पनि ‘अल्लाह’ शब्द प्रयोग गर्न पाउने भएको हो ।

एक दशकभन्दा लामो समयको एउटा कानुनी लडाइँमा मलेशियाली अदालतले यो आदेश दिएको हो। ‘अल्लाह’ शब्द प्रयोग गरिएका आफ्ना सामग्रीहरू जफत गरिएपछि एक इसाई महिलाद्वारा अदालतमा चुनौती दिइएको मुद्दाको यो एउटा पाटो हो।

मलेशियामा गैरमुस्लिमले ‘अल्लाह’ शब्द प्रयोग गरेको विषयले विगतमा तनाव तथा हिंसा निम्त्याएका उदाहरण छन्। मलेशियाको कुल जनसङ्ख्यामध्ये दुई तिहाइ मुस्लिम छन्। तर इसाई समुदायको पनि त्यहाँ ठूलै सङ्ख्यामा बसोबास रहेको छ।

 

प्रतिक्रिया